पूर्णपुष्टि, पुष ११
गाईघाटमा संञ्चालीत ७ दिने दोस्रो खाना परिकार मेला आईतवार सम्पन्न भएको छ । उक्त मेला पुष ४ देखी सुरु भई १० गते सम्म संञ्चालन भएका थिए । महोत्सवमा बिभिन्न जातजातिका खाना तथा परिकारहरु राखिएका थिए । राई, दनुवार, थारु, श्रेष्ठ भुजेल, सेर्पा लगायतका परिकारहरु मेलामा सहभागी गराएका थिए । आयोजक झिँगु नेवा पुँचले परिकारका साथसाथै प्रदेशस्तरीय लाखे महोत्सव समेत आयोजना गरेका थिए । आदीवासी जनजातिहरुको बिभिन्न संस्कार संस्कृतिलाई समेत मध्यनजर गरी उद्घाटनको दिन सबै जातजातिहरुको संस्कार झाँकी प्रदर्शन गरिएका थिए । बिषेशगरी जाति पहिचान झल्काउने खाना परिकारले मेलालाई उत्कृष्ट बनाउन सफल रहे । यहाँ दनुवारको अन्डी, राईको कठुवाको तिनपाने र तुम्वा, नेवारको नेवारी खाजा सेट र थारुको घुँगीले मेलाका प्रमुख अकार्षणको रुप लिएका थिए ।
महोत्सवमा घुँगीको मुख्य आकर्षण
महोत्सवमा थारुहरुको मुख्य परिकारको रुपमा रहेको घुँगीले राम्रो बजार पाएको छ । बिभिन्न ४ भन्दा बढी स्टलहरुमा राखिएको घुँगी अत्यादिक रुपमा रुचाईएको जनाईएको छ । मेला अबधिभर अनुमानित चौधरी परिकारको रुपमा रहेको घुँगी झण्डै १ हजार केजी भन्दा बढी बिक्रि भएको जनाईएको छ । जसमा २ लाख ५० हजार बढीको घुँगी मात्रै बिक्रि भएको अनुमान गरिएको छ । महोत्सवमा स्टल नं १८ का दिनेश चौधरीले १ क्वीन्टल २५ केजी घुँगी बेच्दा ३६ हजार भन्दा बढी आम्दानी भएको छ ।

यस्तै स्टल नं २१ का शिव कुमार चौधरी १ लाख १२ हजारको घुँगी मात्रै बेच्न सफल भए । उनले करिब ४ क्वीन्टल ७२ केजी बराबरको घुँगी बेच्न सफल भए । यस्तैगरी स्टल नं ११ का ललिता चौधरीले पनि ३१ हजार बढीको घुँगी मात्रै बेचेका छन् । स्टल नं १२ सुमित्रा चौधरीले पनि घुँगीबाटा राम्रो आम्दानी लिईन् उनले ६० हजार बराबरको घुँगी मात्रै बेचेकी छिन् । यो आम्दानी मेलोको पहिलो दिन अर्थात ९ गते सम्मको मात्रै हो । १० गते मेलाको अन्तिम दिन व्यापार अझै आक्रमक हुने उनिहरुको भनाई थियो ।
किँरातीको स्टल : कठुवा, तुम्वा, चाम्रे र सिन्कीको आकर्षण
यस्तै अन्य धेरै किराँत समुदायहरुले स्टल लिएपनि खाना परिकारको पहिचानका लागि २८ नं स्टल मात्रै रहेका थिए । अन्यले भने सामान्य खाना खाजाको रुपमा स्टल लिएका थिए । तर किँरात समुदायको खानालाई पहिचानको रुपमा चिनाउन साईमा राईको २८ नं स्टल मात्रै खडा थिए । खाना परिकारको माध्यमबाट समुदायलाई लक्षीत गर्दै साईमाको किँराती पहिचान खानाले पनि राम्रो बजार पाएका छन् । साईमाले आफ्नो स्टलमा, मेला महोत्सवमा आउने बिभिन्न मान्छेहरुलाई किँराती खाना परिकारको पहिचान चिनाएका थिए ।

यस स्टलमा किँरातिहरुको जन्मदा वा मर्दा अर्थात जिन्दागीको कार्यकाल भित्र पर्ने बिभिन्न चाँडपर्व बिहे वर्तन जस्ता कार्यमा चाहिने महत्वपूर्ण सगुन तिनपाने, तुम्वा, चाम्रेभात, सिन्की र गुन्द्रुकको अचार, लोकलभाले र ढिँडो, वाचिपा, सेलरोटी र ढुँगामा पोलेको सेकुवा जस्ता कुराहरु अत्यादिक आकर्षणको केन्द्र बने । किराँती स्टलमध्ये कठुवाको तिनपाने रक्सी मेलाको मुख्य आकर्षणमै रहे । तिपाने रक्सीलाई काठको कठुवामा सारेर दिनाले यसले पहिचानको बिषेश अर्थ राखेको भनाई छ । राईका अनुसार यो खासमा व्यपारको लागी नभै समुदायको परिकार प्रदर्शनका लागि मात्रै राखिएकाले महोत्सव अबधिभर किराँती परिकारको माग धान्न मुस्कील रहेको बताईन् । कमाउमुखी नभै पहिचानलाई प्रमोटका निम्ती स्टलमा राखिएको उक्त सामानहरु ग्राहकहरुलाई पुराउन नसकेको बताईन् । यदि पहिल्यै योजनाका साथ व्यापार गर्ने हिसावले स्टल लिएको भए परिकारको माग पुरा गर्न सजिलो हुने बताईन् ।
दुनुवारको अण्डी
दनुवार समुदायले महोत्सवमा अन्डीलाई मुख्य आकर्षको रुपमा चिनाउन सपल भएको छ । अन्डी चामलको झोलको व्यपार यी सामुदायले राम्रै गरेको छ । बोतलको १२ सय मुल्य उक्त अन्डी मेलामा रुचाईएको छ । अन्डी सँगै अचारको परिकार र सिटन पनि बुहप्रख्यात भए । यस परिकार अन्तर्गत माछा, रोटी र गंगटाको परिकार अत्यादिक आकर्षण बने । यस स्टल बाट दनुवारी समुदायले पनि राम्रो व्यपार गरेको जनाईएको छ ।
नेवारी खाजा सेट
अर्को मेलाको आकर्षण्का रुपमा नेवारी खाजा सेट रहे । यहाँ १५ परिकारमा एउटै खाजासेट सजिएका थिए । आयोजक झिँगु नेवा पुँचले राखेको उक्त स्टलमा नेवारी खाजा सेट तयार गरिएका थिए । यमरी चाकु, यमरी खुवा, चतामरी, छोय्ला, तखा सादा, अण्डा बारा, मिट वल, भुटन, आलु फ्राई, बोटी, सेल, आलु तामा र बफ चिल्ली खाजा सेटमा समेटीएका थिए । साथै अन्य स्टलहरुमा पनि नेवारी खानाहरु प्रदर्शनमा ल्याईएका थिए ।





