पूर्णपुष्टि, पुष १० । गाईघाटको त्रियुगा नगरपालिका ११ शुभशान्ति टोल स्थित एक घरमा चोरी भएको छ । करिवआइतवार रातको १२ बजेको समयमा स्थानीय आशिष खड्काको घरमा कोहि नभएको मौका पारी चोरी भएका हो। घर चोरी हुँदा १५ तोला सुन, १५० तोला चाँदी साथै १ लाख पचास हजार रकम चोरी भएको पिडितले बताएको छ । बिडित आशिष केहि समयमात्र बिदेशबाट घर आएका थिए ।

त्यसको अघिल्लो रात त्रियुगा नगरपालिका–३, मोतिगडाका रामानन्द साहको माँ दुर्गा जेनरल स्टोरबाट ५ लाख बरावरको रिचार्जकार्ड साथै नगद १ लाख ५० हजार सहित चोरी भएको थियो । यी दुबै घट्नाका आशँकामा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी ज्ञानेन्द्र फुयलले बताए ।
