
पूर्णपुष्टि, भदौ २५
कास्कीका पोखराको नेपाल खानेपानी संस्थानका प्रशासन सहायक कृष्णहरि वाग्ले घुससहित पक्राउ परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा वाग्लेलाई रंगेहात पक्राउ गरेको आयोगले जनाएकोछ ।
खानेपानी उपभोग गरेबापतको शुल्क तिर्न जाँदा विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरेको उजुरीको आधारमा आयोगको टोलीले पोखरा महानगरपालिकाको ट्याक्सी चोक, बगरस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको जनाईएको छ ।
पक्राउ परेको वाग्लेमाथी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

