
पुर्णपुष्टि,भदौ २५
सिराहा कारागारको ५९ कैदीबन्दीमा कोरोना संपुष्टि भएको छ । कोरोना परीक्षण गरिएकोमा कारागारका ५९ कैदीबन्दी र शेर गण नेपाली सेनाका सात जना गरी ६६ जनामा कोरोना पुष्टि भएको हो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट प्राप्त रिपोर्टमा कोरोना पुष्टि भएकाहरू २० बर्ष देखि ५८ वर्ष उमेर समूहका ६५ पुरुष र एक महिला रहेको स्वास्थ्य कार्यालय सिराहाले जनाएको छ ।
कोरोना पुष्टि भएको कैदीबन्दीहरुलाइे जिल्ला कारागारभित्र रहेको आइसोलेसनमा राखेको जेलर महतोले बताउनुभयो । सिराहा कारागारमा रहेका पाँच सय ९४ जना कैदीबन्दीमध्ये ८० जनाको पीसीआर परिक्षण गराउदा ५९ जनामाकोरोना पुष्टि भएको छ ।

