
पूर्णपुष्टि, भदौ २५
विश्वभर कोरोना भाईरसविरुद्धको खोप पु¥याउनु ठूलो चुनौती ढुवानी हुने हवाई उद्योगले बताएका छन् ।
विश्वभर कोरोना खोप पु¥याउन आठ हजार बोइङ ७४७ जहाज चाहिने अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए) ले जनाएको छ ।
कोभिड–१९ खोप अहिलेसम्म उपलब्ध भएको छैन । तर आईएटीएले खोपको विश्वव्यापी ढुवानीका लागि एअरलाइन्स, एअरपोर्ट, विश्वका स्वास्थ्य सङ्गठन र औषधि फर्मसँग सहकार्य गरिरहेको छ ।
एक जनालाई खोपको एक खोप आवश्यक रहने वितरण कार्यक्रमले मानेको छ । ‘कोभिड–१९ को खोप विश्वभर पु¥याउनु हवाई उद्योगको लागि शताब्दीको लक्ष्य हुनेछ तर सावधानीपूर्वक र योजना विना यो सम्भव हुन सक्दैन ।
कोरोना भाइरसको महामारीका कारण यात्रुको उडानमा भारी गिरावट आएपछि एअरलाइन्स कम्पनीहरु कार्गाे (सामान) वितरण गर्नेतर्फ ध्यान केन्द्रित गरिरहेका छन् । तर खोपको वितरण भने सोचेजस्तो सजिलो छैन ।
खोप पु¥याउनका लागि २ र ८ सेल्सियसबीचको विशिष्ट तापक्रम चाहिन्छ । केही खोपहरुलाई स्थिर तापमान चाहिन्छ तर सबै एअरलाइन्समा यो सुविधा छैन ।

