Saturday, October 11News That Matters

खु*कुरी नचाउदै आ*त‌क (भिडियाेसहित)

पूर्णपुिष्टि/उदयपुर, असाेज १५ ।
एक युवाले खुकु*री हातमा नचाउदै गाइघाट बजारमा आज मानिसहरुलाइ त्र*सित पारेका छन् । पुरानाे गाइघाटचाैकबाट विपीचाैक हुँदै विधुत कार्यालयतर्फ र त्यहाँबाट पिपलबाेट हुदै स‌गमटाेलसम्म त्रास फैलाउने युवा त्रियुगा नगरपालिका ४ बगाहाका गणेश तामाङ रहेकाे प्रहरीले जनाएकाे छ ।
बजारभर त्रास फैलाउदै स‌गमटाेल पुगेकाे अवस्थामा प्रहरीले उनलाइ घेराउ गरी पक्राउ गरेर नियन्त्रणमा लिएकाे छ । प्रहरी देखेपछि भाग्दै लुक्दै गरेका उनलाइ गाउँलेसमेतकाे सहयाेगमा बल्लतल्ल फेला पारेकाे थियाे । उनले बजारमा टहराकाे खम्बातिर खुकुरी हान्दै नचाउदै हिडेका थिए । पिपलचाैकनजिकै एक पसलबाट सावेलसमेत उठाएर खुकुरी र सावेल नचाउदै त्रास फैलाएका थिए । स‌गमटाेल पसेपछि केरा, बाेटविरुवाहरु छ*प्काउदै हिडेका थिए । उनले स‌गमटाेलमा मानिसलाइ समेत आ*क्रमणकाे प्रयास गरेका थिए । तर बजार क्षेत्रका सडकका मानिस र सवारी साधनलाइ  आ*क्रमण नगरेकाे प्रत्यक्षदर्शीकाे भनाइ छ ।उनले मादकपदार्थ सेवन गरेर त्यसकाे हर्कत मच्चाएकाे जनाइएकाे छ ।  स्थानीयहरुका अनुसार उनी कहिले काँही मानसिक सन्तुलन गुमाउने गरेकाे र गाउँघरमै ज्यालामजदुरी गर्ने मानिस हुन् ।  (भिडियाेसहित)