
पूर्णपुष्टि, असार २३
ईलाममा खुकुरी प्रहार गरी एकजनाको हत्या भएको छ । ईलाम नगरपालिका–१२ साङरुम्बा पिप्ले भञ्ज्याङ का ४५ वर्षीय यम बहादुर सावाले सोही स्थानका ५८ वर्षीय धन बहादुर राईको हत्या गरेको हो ।
आज बिहान ७ बजे राईको पेटमा खुकुरी प्रहार गरी सावाले हत्या गरेका थिए । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटी गई हत्या गर्ने यम बहादुर सावालाई खुकुरीसहित पक्राउ गरेको हो ।
तत्काल हत्या गर्ने कारण खुल्न सकेको छैन् । घटना सम्बन्धना थप अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
