
पूर्णपुष्टि, असार २३
र्सपको टोकाईबाट एकजना महिलाको महोत्तरीमा ज्यान गएको छ । मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा विषालु सर्पले टोक्दा सुशील सहनीकी २४ वर्षीया पत्नी विभादेवी सहनीको ज्यान गएको हो ।
सहनीपत्नीलाई गए राति करीब ९ बजे खाना पकाउने क्रममा विषालु सर्पले टोकेको थियो । सर्पको डसाइबाट सिकिस्त भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
