Saturday, May 2News That Matters

१० महिलासहित २९ जुवाडे पक्राउ, १४ लाख नगद बरामद

पूर्णपुष्टि, असार २३

काठमाडौंको कपन स्थित सिमलटारमा रहेको जुवा खालमा प्रहरीले छापा मारेर २९ जना जुवाडेलाई पक्राउ गरेको छ । जसमध्ये १० जना महिला रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले २९ जुवाडेसहित १४ लाख नगद बरामद गरेको छ ।

प्रहरीका अनुसार जुवा खालबाट ३३ थान कौडा र तास फेला परेको छ । पक्राउ परेका सवैैलाई महानगरीय प्रहरी वृत बौद्धमा राखिएको प्रहरीले जनाएको छ ।