Friday, April 17News That Matters

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

पूर्णपुष्टि, चैत १७

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ बस्ने ३७ बर्षीय चन्द्र राई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । हिजो राती साँढे ७ बजेको समयमा राईले आफ्नै ३७ बर्षीया श्रीमती मनिला राईलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राईले सामान्य बादबिबादको क्रममा रिशको आवेगमा श्रीमतीलाई खुकुरी प्रहार गर्दा राईको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ