
पूर्णपुष्टि,चैत्र २१ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अस्ट्रेलियाली नागरिकको मृत्यु भएको छ । सोमबार जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–२, स्थित रात्माटेमा ६३ वर्षीय अस्ट्रेलियाली नागरिक भ्यालेन्स फिलिप्स थोमसको मृत्यु भएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।
आइतबार नै रामेछापको मन्थलीबाट लुक्ला विमास्थल आर्लिएका थोमस त्यहाँबाट संख्खुवासभा जाने तयारीमा रहेको कार्यालयका इन्चार्ज प्रहरी नायव निरीक्षक पूर्ण दाहालले जानकारी दिनुभयो । उनका अनुसार थोमस उकालो बाटोमा हिँड्दै गर्दा अचानक ढले पछि उनको उपचारको क्रममा निधन भएको बताए । शवको कानूनी प्रक्रिया पूरा गरिएको छ।
नेपाली पथप्रदर्शक योग्यबहादुर कार्कीको नेतृत्वमा थोमससहितको ३ अस्ट्रेलियाली नागरिक लुक्लाबाट मेरा पिक हँदै सङ्खुवासभाको तुम्लिङटारतर्फ अघि बढेका थिए । उनको शव मंगलबार हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी रहेको प्रहरीले जनाएको छ।
