
पूर्णपुष्टि,चैत्र २१ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटरमा १० र पेट्रोल ३ रुपैयाँले मूल्य घटाएको हो । नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ भने डिजेलरमट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ।
भारतीय आयल कर्पोरेसन ९आईओसी०ले अप्रिल १ मा नयाँ मूल्यसूची पठाएको थियो। नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८६ पैसा र डिजेलमा ६ रुपैयाँ ८२ पैसा घटेर आएको थियो। आईओसीले मार्च १५ मा पठाएको मूल्यमा पेट्रोलमा ८६ पैसा र डिजेलमा १ रुपैयाँ ५० पैसा घटेर आएको थियो ।

