Monday, April 20News That Matters

खैरोहिराईनसहित ३ जना पक्राउ

झापा, असार २०

झापामा खैरोहिराईन ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । दमक–५मा डेरा गरी बस्दै आएका दमक

९ का ३२ बर्षीय रबिन कुवर, ईलाम घई भई दमक–५ मा बस्ने १९ बर्षीया मनिसा राई र ताप्लेजुङ घर भई दमक–८ बस्ने २२ बर्षीया सम्झना राई श्रेष्ठ खैरोहिराईनसहित पक्राउ परेका हुन् ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले हिजो राती १० बजे उनिहरुलाई कोठाबाट १७ ग्राम बाउनसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।