
सुनसरी, असार २०
धरानबाट लागुऔषधसहित किसन श्रेष्ठ पक्राउ परेको छ । धरान–७ मा डेरा गरी बस्दै आएका ४४ बर्षीय श्रेष्ठ लागुऔषध सहित पक्राउ परेको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती सवा ८ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विशेष सुचनाको आधारमा श्रेष्ठको कोठामा खानतलासी गर्ने क्रममा डाईलेक्स जि.सि. ६ बोतल, स्पास्मो प्रोक्सिभन ५ सय ५२ क्याप्सुल, नाईट्राजेपान २ सय ६० ट्याब्लेट, हतियार १ थान र नगद १ लाख ९२ हजार रुपैया समेत फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
