
झापा, असोज ९
झापाको अर्जुनधारा–११ बसपार्क र बिर्तामोड भगवान चोक स्थितबाट लागुऔषध खैरोहिरोईनसहित तीन जना पक्राउ परेका छन् ।
बिर्तामोड–३ का २४ बर्षीय बिशाल राजवंशी र १५ बर्षीय नरप्रसाद राजवंशी र बिर्तामोड–२ का २२ बर्षीय प्रदिप राजवंशी लागुऔषध खैरोहिरोईनसहित पक्राउ परेको प्रहरीले जनाएको छ । बिशेष सुचनाको आधारमा उनिहरुलाइ हिजो राती पौने ११ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिशाल र नरप्रसाद ११ ग्राम ब्राउनसुगर सहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै प्रदिप १० ग्राम ब्राउनसुगर सहित बिर्तामोड भगवान चोकबाट पक्राउ परेको जिप्रका झापाले जनाएको छ ।
पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
