Friday, May 22News That Matters

रुखको हांगाले लागेर एक नाबालिकाको मृत्यु

सुनसरी, असोज ९

सुनसरीको धरानमा रुखको हाँगाले लागेर एक बालिकाको मृत्यु भएको छ । धरान–१४ दुईधारे बस्ने बिष्णु राईको ३ बर्षीया छोरी एबिसा राईको रुखको हांगाले लागेर मृत्यु भएको हो ।

हिजो बिहान पौने १२ बजे आफ्नै घर अगाडी हिडिरहेको अवस्थामा एक्कासी रुखको हांगा झरेर टाँउकोमा लाग्दा बालिका गम्भिर घाईते भएकी थिईन । उनलाई धरानबाट थप उपचारको लागी न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा हिजो अपरान्ह पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनीसंगै रहेकी उनकी दिदी ८ बर्षीया नेबिस राईसमेत रुखको हांगाले लागेर घाईते भएको छ । उनको घोपा धरानमा उपचार भईरहेको जिप्रका सुनसरीले जनाएको छ ।