
पूर्णपुष्टि, भदौ १६
झापा अर्जुनधारा ४ मदनपुर स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–२ का १८ बर्षीय एबिट बुढाथोकी,३० बर्षीय सजित समाल र अर्जुनधारा–३ का २६ बर्षीय सौगात खतिवडा रहेका छन ।
उनिहरुलाई बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार ७ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । साथै उनिहरुको साथबाट नगद रु.४९ हजार ५ सय रुपैया समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको र लागुऔषध मुद्धामा कानुनी कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।
