Friday, May 1News That Matters

बाटोमा भैँसीको मल राखेको विषयमा झडप, एक महिलाको मृत्यु, आरोपित फरार

पूर्णपुष्टि, भदौ १६

बाटोमा भैँसीको मल राखेको विषयलाई दुई परिवार बीच झडप हुँदा एक महिलाका ज्यान गएको छ । सिरहाको कल्याणपुर नगरपालिका–१ डुमरीमा दुई परिवार बीचको झडपमा ६५ वर्षकी भाल्सैरदेवी यादवको ज्यान गएको हो ।

स्थानीय भाल्सैरदेवी यादव र जय यादव–श्रीदेव यादवको परिवारबीच झडप हुँदा भाल्सैरदेवीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

झडपमा जयकुमार यादव र श्रीदेव यादवले कुटपिट गर्दा यादवको घटनास्थल मै ज्यान गएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले बताउनुभयो । आरोपी जयकुमार यादव र श्रीदेव यादव फरार भएका छन् । घटनामा संलग्न सबैको तीव्र रुपमा  खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा  राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो ।