Friday, May 22News That Matters

खोटाङको दिप्रुङ चुइचुइम्मा गाउँपालिकामा स्रष्टा सम्मान तथा गान विमोचन

पूर्णपुष्टि,वैशाख ११ । खोटाङको दिप्रुङ चुइचुइम्मा गाउँपालिकाले आइतवार पालिका गान विमोचन तथा सार्वजनिकिकरण गरेको छ । पालिकाको साझा भावना एवम् साझा परिचयलाई मुखरित गर्न निर्माण गरिएको गाउँपालिकाको गान विमोचन तथा सार्वजनिकिकरण गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले पालिका गान स्विच अन गरी विमोचन गर्नुभएको हो ।

पालिकाले गान संगितकार, गान रचनाकार र गान गायर्न निर्माणमा योगदान पु¥याउनु हुने स्रष्टाहरुलाई विभिन्न विधामा प्रशंसा पत्रका साथमा नगदसहित सम्मान गरिएको छ । गाउँपालिका गान रचनाकार गोपालचन्द्र राई गाउँपालिकामा रचना उपलब्ध गराई द्वित्तिय सुवास पराजुली तृत्तिय ओमसरा राई, सान्त्वना नरेन्द्र राई (निर्विकार) र सान्त्वना बिजय राईलाई प्रशंसा पत्रका साथमा नगदसहित सम्मान गरिएको हो ।

गाउँपालिका गान संगितकार तर्फ बिजय राई (तोरेम्पा हाङ), गाउँपालिका गान निर्माण समिति तर्फ संयोज रुपकुमार राई सदस्य बिजय राई (तोरेम्पा हाङ) र मनिता राईलाई सम्मान गरिएको हो । त्यस्तै गाउँपालिका गान निर्माण समिति तर्फ संयोज रुपकुमार राई सदस्य बिजय राई (तोरेम्पा हाङ) र मनिता राईलाई सम्मान गरिएको थियो ।

यता गाउँपालिका गान गायन तर्फ १६ जनालाई प्रशंसाले सम्मान गरिएको छ । जसमा रुपकुमार राई, सबिता बस्नेत, रोशन राई (पालुवा स्टार), कला राई, लोकेश राई, अर्जुना राई, मनिता राई, निश्चल राई, के बि राई, रोहित राई, गजेन्द्र राई, उटन राई, कबिन राई, सृजना राई, गण्डकी राई र प्रबृत्ति राईलाई सम्मान पत्रले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अरुणा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राई, नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, माओवादी केन्द्रका नेता गोपालचन्द्र राई, नेपाली कांग्रेसका नेता केशबराज कार्की, अमृत गिरि, नयन्द्र राई लगायत कृयाशील राजनीतिक दलका प्रतिनिधी, खोटाङ कलाकार समाजका अध्यक्ष तथा गाउँपालिका गान निर्माण समितिका संयोजक रुपकुमार राई, गाउँपालिका गानका संगितकार एवं गाउँपालिका गान निर्माण समितिका सदस्य विजय राई (तोरेम्पा हाङ), गाउँपालिका गान निर्माण समितिका सदस्य एवं गायिका मनिता राई, गायिका पार्बती राई, गायिका बबिना किराँती लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थितिमा पालिका गान बिमोचन गरिएको गाउँपालिकाका सूचना अधिकारी पिएस्पी चाम्लिङले बताउनुभयो ।