
पूर्णपुष्टि,वैशाख ११ । खोटाङ कलाकार समाजद्धारा आयोजित ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’को उपाधी दिलीप राईले हात पारेको छ । गायन विद्या तर्फका प्रतिश्पर्धी राईले आईतवार सम्पन्न फाइनल अडिसनमा १५ जना प्रतिश्पधीहरुलाई पछि पार्दै प्रतियोगिताको उपाधी हात पर्न सभफल भएको हो ।
‘गाउँपालिका तारा’का लागि गाउँपालिकाभित्रका ३९ जनाले अडिसन दिएका थिए । ती मध्य प्रदीप राईले दोश्रो स्थान हासिल गर्नु भएको छ । यता तेश्रो स्थानमा संग्राम राई रहेको गाउँपालिकाका सुचना अधिकारी पिएस्पी चाम्लिङले बताए ।
आफ्नो सुमधुर स्वरले सबैको मन जित्दै प्रथम स्थान प्राप्त गरेका दिलीपले नगद १ लाख साथमा ट्रफी र एउटा गीत रेकर्ड गर्ने अवशर पाएका छन् । यस्तै, दोश्रो स्थान प्राप्त गर्ने प्रदीप र तेश्रो स्थान प्राप्त गर्ने संग्रामले क्रमशः नगद ६० हजार र ३५ हजार ट्रफी पाएका छन् ।
गाउँपालिकाभित्र लुकेर रहेका प्रतिभाको खोजी गर्दै त्यी प्रतिभा प्रष्फुटन तथा प्रोत्साहन गर्ने उद्धेश्यका साथ चालु आर्थिक वर्ष विनियोजन गरिएको बजेटबाट गाउँपालिकाले खोटाङ कलाकार समाज, काठमाडौंसँगको सहकार्यमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको थियो ।
आइतवार फाइनल अडिसनमा चर्चित गायीका मेलिना राईले विशेष प्रस्तुतीमार्फत सहभागीलाई मनोरञ्जन प्रदान गरेकी थिइन् । ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा’लाई आगामी वर्ष पनि निरन्तरता दिइने गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । ‘गाउँपालिका तारा सिजन–१’ २०७६ सालमा सञ्चालन गरिएको थियो ।
एक्कल नृत्य प्रतियोगीतामा मनिता राई प्रथम
खोटाङ कलाकार समाजले आयोजना गरेको एकल नृत्य प्रतियोगीतामा मनिता राईले प्रथम उपाधी हात पारेकी छिन् । यस्तै मेरिना मगर दोश्रो र सुनिता राई तेश्रो भएका छन् । नृत्यतर्फ १३ जनामध्ये फाइनलमा पुगेका ६ जनालाई उछिन्दै तीन प्रतिभा विजेता बनेका हुन् । नृत्यमा प्रथम, दोश्रो र तेश्रो हुने प्रतिभाले क्रमशः १० हजार ७ हजार र ५ हजारका साथमा प्रमाण–पत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अरुणा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, नेकपा ९एमाले० खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नेपाली कांग्रेसका नेता केशब कार्की, गायक तथा संगितकार एवं खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राई लगायतको उपस्थिति रहेको थियो ।
