Wednesday, June 24News That Matters

खोटाङमा किराती राजा यलम्बर हाङको शालिक राख्न चिहान भत्काउँदा स्थानीयले गरे बिरोध

पूर्णपुष्टि, कार्तिक १५

कराती राजा यलम्बर हाङको शालिक राख्न सयौँ चिहान भत्काईएको भन्दै स्थानीयले बिरोध जनाएको छ । करिब १४ करोडको लगानीमा निर्माण गर्न लागिएको शालिकका लागि सयौँ चिहानहरु भत्काउनु पर्ने भएपछि चिहान भत्काउने कार्य सुरु भएको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाको पञ्चरदोबाटोमा चिहान भत्काइएपछि स्थानीयले विरोध जनाएका हुन् । त्यहाँ यलम्बरको एक सय फिट अग्लो शालिक राखिँदैछ ।
विरोधकै कारण ७ कात्तिकदेखि शालिक तथा पार्क निर्माणको काम अगाडि बढ्न सकेको छैन ।२ कात्तिकमा शालिक तथा यलम्बर पार्क शिलान्यास गरिएको थियो । १५–२० वटा चिहान भत्काउने र कंकाल,अवशेष संकलन गरेर आत्मघर बनाएर राख्ने भनिए पनि एक सयभन्दा बढी चिहान भत्काइएको नवगठित भूमिपुत्र किरात उपभोक्ता समितिका डार्विन राईले बताए । चिहान भत्काइएपछि उपभोक्ता समितिमा आवद्ध स्थानीय विरोधमा उत्रिएका छन् ।

तर, बुईपाका वडाध्यक्ष दिनेश राईले चिहानको व्यवस्थापन गर्ने सहमतिमा काम अघि बढे पनि ‘मान्छे उचालेर’ विवाद निकालिएको बताए् । साविकको बुईपा–३, ५, ९ लगायतका राई समुदायले सो स्थानमा चिहान बनाएका छन् । त्यहाँ करिब २ सय ८८ चिहान छन् ।