Saturday, June 20News That Matters

खोटाङमा गाँजा र भरुवा बन्दुकसहित दुई पक्राउ

पूर्णपुष्टि, भदौ ७

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ स्थितबाट गाँजा र भरुवा बन्दुकसहित दुई जनालाई  प्रहरीले नियन्त्रमा लिएको छ । सोही स्थानका ६५ वर्षीय मगम राईको घरमा लुकाई राखेको १५ केजी गाँजा र  सोही स्थानका ३७ वर्षीय खगेन्द्र राईको घरमा लुकाएर राखेको १ थान भरुवा बन्दुकसहित उनीहरु दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गाँजा र बन्दुक बरामद भएसँगै दुवैजना मगम र खगेन्द्रलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानाएको छ ।