
पूर्णपुष्टि, भदौ ७
झापामा एक दम्पती आफ्नो ८ महिने बालक सहित झुण्डिएको अवस्थामा मृत फेला परेको छ । उनीहरु सोमवार बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए । मृत्यु हुनेमा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना छन् ।
मृतकका आफन्तका अनुसार उनीहरु कोरोना संक्रमित थिए । ‘उनीहरु कोभिड पोजेटिभ थिए भनेर अरुले भनेका छन् तर कोकोलाई संक्रमण भएको हो भन्ने खुलेको छैन,’ एसपी भट्टराईले भने । मृत्यु हुनेमा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना छन् ।
मुचुल्का उठाएर ढोका फोडेर भित्र पस्ने र घटना प्रकृति हेरेर थप अनुसन्धान गर्ने एसपी भट्टराईले बताए । घटनास्थलमा प्रहरीको टोली पुगेको र सेनाको टोलीलाई पनि बोलाइएको प्रहरीले जनाएको छ ।

