Saturday, June 20News That Matters

लागुऔषध ब्राउन सुगरसहित ६ पक्राउ

पूर्णपुष्टि, भदौ ७

सुनसरीको छुट्टा–छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ । हिजो बेलुका ७ बजे बराहक्षेत्र नगरपालिका ३ बाङ्गे स्थितबाट ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आर. आई. टी. समुहबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ । सोही स्थान ६ का पुरुषोतम मेहता, २९ वर्षीय बिशाल बस्नेत, सोही स्थान ९ का २८ वर्षीय पाथे चन्द्रबंशी, र २८ वर्षीय जयन्त माईलालाई पक्राउ गरेको हो ।

प्र १–०२–०४४प ४५५६ र  प्र १–०२–०४२ प ४२२९ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई  शंका लागी चेक जाँच गर्ने क्रममा मेहताको साथबाट ब्राउन सुगर ७ ग्राम ४३० मिलिग्राम फेला परेकोले दुवै मोटरसाईकल र चारै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगी थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

त्यस्तै, सुनसरीकै धरान–१० स्थित रहेको ड्रिमल्याण्ड होटलबाट ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सप्तरी राजविराज नगरपालिका–११ का ३० वर्षीय वर्मदेव चौधरी र धरान–३ का २४ वर्षीय मो. नुरदिनलाई ब्राउन सुगर ३ ग्रामसहित पक्राउ गरि थप अनुसन्धान सुन्सरी प्रहरीले जनाएको छ ।