Saturday, June 13News That Matters

जंगलमा लागेको डढेलोले पिउने पानीको पाइप जलेर नष्ट

पूर्णपुष्टि,चैत्र १५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८, घितुङ स्थित सामुदायिक जंगलमा लागेको डढेलोले खानेपानीको पाइप जलेर नष्ट भएको छ । गत चैत्रको १३ गते देखि स्थानीय चौतार सामुदायिक वनमा लागेको डढेलोले तीनसल्लेबाट जयभद्रे लगिएको भालुखोल खानेपानीको करिव १ हजार ८ सय मिटर पाइप जलेको हो ।

चुनिया पानी भएकाले बेला–बेला टकटकाउनका लागि जमिन बाहिरै राखिएको पाइप डढेलोले नष्ट भएको धितुङका वडाध्यक्ष टेकराज राईले बताउनुभयो । उहाँका अनुसार पाइप जलेपछि मयभद्रेका चार घर पिउने पानीबाट वञ्चित भएका छन् । राति डढेलो नियन्त्रणका क्रममा आगोको ज्वालाले भेट्दा रिचकुमार कार्की घाइते भएको वडाध्यक्ष राईले बताउनुभयो ।