
पूर्णपुष्टि, चैत्र १५ । एक हप्ताको लागि भन्दै विदामा गएका प्रमुख प्रशासकीय अधिकृत नगरपालिकामा अनुपस्थितका कारण सेवामा प्रभावित भएको छ । निमित्त प्रमुख किरन कुमार कार्कीका अनुसार आर्थिक अधिकारहरु नभएपछि सेवामा समस्या रहेको जनाए । कार्कीले निमित्ति प्रमुख सँग सामान्य छिठ्ठि पत्रमा सहि बाहेक अन्य कामहरुको अधिकार नरहने जनाए । प्रमुख प्रशासकीय अधिकृत मान वहादुर वन एक हप्ता देखी विदामा रहेको जनाए । कार्कीका अनुसार प्रशासकीय अधिकृत आउन अझै एक हप्ता सम्म लाग्ने जनाए । त्रियुगा नगरपालिका लामो समयदेखी प्रमुख प्रशासकीय विहिन भएको छ ।
यहाँ रहेको प्रशासकीय अधिकृत मान वहादुर वनलाई पहिल्यै मन्त्रालयले सरुवा गरिसकेको अवस्था छ । तर उनि भने त्रियुगा नगरपालिकाबाट सरुवा भएर जाने मनसायमा छैन् । बनको सरुवा सँगै आउनु पर्ने नयाँ अधिकृतलाई पनि हाजिर गर्न नदिई फर्काइएका थिए । बनलाई सरुवाको लागि पटक पटक प्रशासन मन्त्रालयले पत्रचार पनि गरिरहेको छ । त्रियुगा नगरपालिका वडा नं १६ का वडाअध्यक्ष मान वहादुर राईले प्रमुख प्रशाकीय अधिकृत नहुँदा त्रियुगा नगरपालिका अन्यौलनमा परेको जनाए ।
राईले अहिले सेवाग्राहीको सामान्य चिठ्ठी पत्रको काममा वाहेक महत्वपूर्ण कामहरु सबै ठप्प गरेको जनाए । राईका अनुसार ३ महिना देखी वडा तथा नगरको ठुला योजनाहरु समेत अहिले ठप्प छ । नगरपालिकाको खाता पनि अहिले बन्द अवस्थामा रहेको छ । खाता वन्द भए सँगै आर्थिक कारोबारहरु नहुँदा बिकासको योजनाहरु ठप्प रहेको जनाए । यस्तै नगरपालिकाले पूर्वाग्राही मनोसायले मनपरी कर्मचारी सरुवाको काम गरेको समेत जनाईएको छ । कर्मचारीको पद र हैसियत विपरिद मनपरी कर्मचारी सरुवा गरेको पाईएको अध्यक्ष राईको भनाई छ । प्रशासकीय अधिकृत बिहिन त्रियुगा नगरपालिका हाल सुनसानमय छ । निमित्त प्रमुख सँग धेरै अधिकार नहुँदा नगरपालिकाको कामकार्वाहीहरु अगाडी बढ्न सकेको छैन् । सोही कारण त्रियुगा नगरपालिका अहिले सुनसानमय बनेको छ ।



