Saturday, July 11News That Matters

खोटाङमा पाँच घर आगलागीहुँदा ५ करोडबराबरको क्षति

पुर्णपुष्टि, पुष ५ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजारमा पाँच घर आगलागीहुँदा ५ करोड बरावरको क्षति भएको छ । सोमबार भएको आगलागीबाट पाँच घर नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

आगलागीमा डिल्लीकुमार श्रेष्ठको घर, भाँडा, कपडा र नगद ५० हजारसहित एक करोड ४१ लाख ७७ हजार, छोरा पवन श्रेष्ठको भाँडा पसल र नगद ४० हजारसहित २० लाख ४० हजार, शुभराज राईको घर र राईको घरमा भाडामा बसिरहेका गाउँपालिका अध्यक्ष समिर राईको कपडा, पुस्तक र किराना पसल, नगद दुई लाखसहित एक करोड २५ लाख, त्यही घरमा भाडामा पसल गरिरहेका ईद्रा राईको होटल र पसल जल्दा सात लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।