
ओटाङ, असार २२
तेह्रौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई खोटाङमा पुरस्कृत गरिएको छ । दिक्तेलमा मङ्गलबारदेखि सुरु भएको किराँत राई खेलकुद सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा सागमा पदक जित्ने सात खेलाडीलाई नगदसहित सम्मान गरिएको हो ।
दिक्तेलस्थित बहुउद्देश्यीय कभर्डहलमा भएको कार्यक्रममा साग प्रतियोगिताका स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई जनही रु १० हजारसहित सम्मान गरिएको आयोजक किराँत राई खेलकुद सङ्घका अध्यक्ष महेन्द्रकुमार राईले जानकारी दिनुभयो । सङ्घले १३औँ सागमा तेक्वान्दोमा स्वर्ण जित्ने सुशीला राई ९सुनसरी० तथा उसुमा कास्य प्राप्त गर्ने अशोक खालिङ राई ९इलाम०, स्क्वासमा कास्य पाउने भावना सुनुवार ९रामेछाप०, आर्चरीका टोली व्यवस्थापक मीनाकुमारी राई ९उदयपुर०, बक्सिङका टोली व्यवस्थापक प्रमिला राई (झापा) र १२औँ सागमा कबड्डीमा कास्य पाउने सम्झना राई ९बारा०लाई सम्मान गरेको हो ।
कबड्डीकी राईलाई सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राई र किराँत राई यायोक्खा बेलायतका अध्यक्ष योगेश कोयुको तर्फबाट समेत रु १० हजारले सम्मान गरिएको छ । यस्तै मुआइथाई वल्र्ड च्याम्पियन सञ्जयलाई पनि रु १० हजार नगद र सम्मानपत्र प्रदान गरिएको छ । विजेता खेलाडीलाई प्रदेश नं १ का सामाजिक विकासमन्त्री राजन राईले नगद र सम्मानपत्र प्रदान गर्नुभएको थियो
