
पूणर्पुष्टि, साउन १५
उदयपुरमा पनि विहान भुकम्पक धक्का महसुस भएको छ । छिमेकी जिल्ला खोटाङमा ६ म्याग्नेच्युडको भूकम्प जाँदै गर्दा उदयपुरमा पनि ठुल्लो धक्काको महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार खोटाङको हलेसी आसपास केन्द्र विन्दु बनाएर आइतबार बिहान ८ बजे भुकम्प गएको हो । खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आइनसकेको जनाएको छ ।

