
सुनसरी, असोज १ गते ।
सुनसरीका रामधुनीको एक खोलामा एक जना मृत अवस्थामा फेला परेको छ । रामधुनी नगरपालिका–६ बक्लौरी निबासी ३५ वर्षीय विरेन्द्र साह खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सेउती खोलामा साह डुबेको अवस्थामा स्थानियबासीहरुले देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
