Friday, May 22News That Matters

खोलाले बगाउदा १ जनाको मृत्यु

झापा, भाद्र २४

झापाको विरिङ खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका–९ स्थितमा रहेको बिरिङ खोलाले बगाउदा स्थानीय १५ वर्षीय गोविन्द साहको मृत्यु भएको हो ।
आज दिउसो भैसीलाई पानी खुवाउनका लागी खोलामा लगेको बेला उनलाई सोही खोलाले बगाएको थियो । स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचारार्थ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।