Monday, June 29News That Matters

खोलाले बगाएर बेपत्ता १ बालक मृत फेला

झापा, भदौ ४

सानो माई खोलाले बगाएर बेपत्ता भएका झापा गाउँपालिका–२ झापाका १५ बर्षीय राजु भण्डारी मृत फेला परेको छ ।

हिजो साँझ ७ बजे खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएपछि खोज तलास गर्ने क्रममा बिपद ब्यबस्थापन गुल्म चन्द्रगढीबाट खटिएको प्रहरी टोलीले आज बिहान साँढे ६ बजे बगाएको स्थान भन्दा करिव ५० मिटर दक्षिण मृत फेला पारेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।