Friday, May 22News That Matters

पोखरीमा डुबेर १ जनाको मृत्यु

मोरङ, भाद्र ४ 

मोरङको रङगेलीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । रङगेली नगरपालिका–१ का ४९ बर्षीय खड्ग बहादुर मगरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

हिजो दिउँसो ३ बजे घर नजिकै रहेको माछा पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर घटनास्थलमा मृत्यु भएको प्रहरीले  जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।