
पूर्णपुष्टि, साउन १
नुहाउन गएकी एक १८ वर्षीया किशोरीको खोलाले बगाएर ज्यान गएको छ । कैलालीको गोदावरी नगरपालिका–६ की आरती घर्ती मगरको सोही ठाउँको गौरीदेवी खोलामा नुहाउने क्रममा बगेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी बगेको स्थानबाट केही तल शव फेला परेको थियोे ।
कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले किशोरी बगेर बेपत्ता भएको सूचना पाउनासाथ खटिएको प्रहरी टोलीले खोजी गर्दा किशोरी मृत अवस्थामा फेला परेको बताउनुभयो ।
