Thursday, July 2News That Matters

खोलाले बगाएर १ जना बेपत्ता

पूर्णपुष्टि, साउन ३

पाल्पामा खोलाले बगाएर एक जना बेपत्ता भएको छ । हिजो बेलुकी रैनादेवी छहरा गाउँपालिका–३ पट्टाचौरमा रिडीखोला तर्ने क्रममा देवबहादुर मुखियालाई बगाएर बेपत्ता भएको हो ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८, किमडाँडाका मुखियालाई खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । बेपत्ता मुखियाको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।