Sunday, May 3News That Matters

खोहरीया थारु बंशावली समाजको नेतृत्वमा पुन : मदन चौधरी

पूर्णपुष्टि, ११ कार्तिक ।
खोहरीया थारु बंशावली समाजको छैठौं केन्द्रिय अधिवेशन सम्पन्न भएको छ । विहिवार त्रियुगा नगरपालिका वडा नम्वर ८ उत्तराईटोल देउरीमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले पुनःमदन चौधरी९खोहरीया थारु०को नेतृत्वमा १३ केन्द्रिय कार्यसमिती सर्वसहमत चयन गरेको छ ।
पुनः निर्वाचित अध्यक्ष चौधरी उदयपुरवाट तेस्रो कार्यकालको लागी सर्वसहमत नेतृत्वमा चयन भएको निर्वाचन मण्डलका संयोजक घुरन प्रसाद चौधरीले बताए । यस्तै उपाअध्यक्षमा शसिकला चौधरी र भिखन चौधरी चयन भएका छन् । सचिवमा दिलिप कुमार चौधरी,सह सचिवमा शुभनरायाण चौधरी,कोषाअध्यक्षमा कुशेश्वर चौधरी चयन भएका छन् । यस्तै सदस्यहरुमा क्रमशः रेखा देवी चौधरी,जयनरायण चौधरी,श्रवण कुमारी चौधरी,पाचु चौधरी,सुस्मा कुमारी चौधरी,दिलिप चौधरी र इन्दु चौधरी चयन भएका हुन । यस्तै अधिवेशनले सुनसरी,मोरङ,सिरहा,सप्तरी र उदयपुर जिल्लाको छुट्टै जिल्ला कार्यसमिती पनी चयन गरेको छ । सुनसरी,मोरङ जिल्ला कार्यसमितीको अध्यक्षमा दैतु चौधरी,सिरहा जिल्ला कार्यसमितीमा शुभ नरायाण चौधरी, सप्तरी जिल्ला कार्यसमितीमा रामकुमार चौधरी र उदयपुर जिल्ला कार्यसमितीको नेतृत्वमा श्रवण चौधरी लाई सर्वसहमत चयन गरेको हो ।

यस्तै केन्द्रिय सल्लाहाकारमा रामवती चौधरी,घुरन प्रसाद चौधरी,कमल नरायाण चौधरी,देवी चौधरी,नवल किशोर चौधरी,मुखी लाल चौधरी र भोला प्रसाद चौधरीलाई चयन गरेको छ । यस्तै जिल्ला सल्लाहाकारहरुमा उदयपुर,सिरहा,सप्तरी र सुनसरी,मोरङको लागी क्रमशःछायाँ कुमारी चौधरी,सुर्य नरायण चौधरी,बच्चेलाल चौधरी र कौशिला देवी चौधरी चयन भएका छन् । कार्तिक ८ गते देखी सुरुभएको अधिवेशनको उद्धघाटन सत्रमा थारु कल्याणकारणी सभा केन्द्रिय सदस्य जयराम पंजियारको प्रमुख आतिथ्यता रहेको थियो भने बिशेष अतिथीमा त्रियुगा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष राजकुमार राउत,शम्भुनाथ नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष सचेन्द्र प्रसाद चौधरी,त्रियुगा नगरपालिकाका निर्वतमान उपमेयर देवी चौधरी पुर्व उपमेयर रामवती चौधरीले शुभकामना मन्त्वय राखेका थिए । अधिवेशनमा उदयपुर,सुनसरी,मोरङ,झापा,सिरहा र सप्तरी वाट खोहरीया बंशावली समाजका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
अधिवेशनको आयोजना र व्यवस्थापन उदयपुरमा रहेका खोहरीया थारु बंशावली समाज उत्तराईटोल देउरी गाउँले गरेको थियो ।