Friday, May 22News That Matters

गठबन्धनका साझा उम्मेवदार गोविन्द भट्टराईलाई जिताएर पठाउनुस मन्त्री बनाउँछु : प्रधानमन्त्री दाहाल

पूर्णपुष्टि,बैशाख ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले आगामी बैशाख १० हुन लागेको उपनिर्वाचनमा सत्ता गठबन्धनको उम्मेदवार गोविन्द भट्टराईलाई जिताउर पठाउन अपिल गर्नुभएको छ । तनुहुँको डुम्रेमा बुधवार एक कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

कार्र्यक्रममा उनले ‘गोविन्द भट्टराईलाई मन्त्री बनाउने भनेर शेरबहादुर देउवाजीले भनिसक्नुभएको छ’अहिले म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो । यसअघि तनहुँ १ बाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो।

उनले सत्ता गठबन्धनका उम्मेदवार भट्टराईलाई अत्याधिक मतले जिताएर पठाउनुपर्नेसमेत बताएका थिए। तनहुँको विकास निर्माणको काममा सरकारले ध्यान दिने पनि प्रधानमन्त्रीको भनाइ थियो।

‘गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, रूख चिन्ह हामी सबैको साझा चिन्ह भइसकेको छ,’ उनले भने। गोविन्द भट्टराई त्यागको प्रतीकका रूपमा परिचित रहेको उनको भनाइ थियो।