
पूर्णपुष्टि, १५ जेष्ठ ।
गणतन्त्र दिवको अवसरमा उदयपुरमा सरसफाई तथा फलफुल वितरण गरिएको छ । जिल्ला मुल समारोह समिति उदयपुरको आयोजना तथा जिल्ला समन्वय समिति उदयपुर, जिल्ला अस्पताल उदयपुर र कर्मचारी मिलन केन्द्रको समन्वयमा गणतन्त्र दिवस २८१ लाई सरसफाई र फलफुल वितरण गरी भव्य रुपमा मनाईएको हो । कार्यक्रममा नगर, प्रदेश र संघका कर्मचारीहरु, जनप्रतिनिधिहरु, स्वास्थयकर्मीहरु, बुद्धिजिवी, समाजसेवी र स्थानीयहरुको उपस्थितिमा सरसफाई कार्यक्रम गरिएको हो ।

सरकारी कार्यालय तथा अस्पताल परिसरमा सरसफाई गरिएको समन्वय प्रमुख गौर बहादुर विश्वकर्माले जनाए । गणतन्त्र दिवस कसरी मनाउने भन्ने बिषयमा समन्वय समितिकै अगुवाईमा सरोकारवालाहरु सँग छलफल गरी सरसफाई र फलफुल वितरणको साथमा दिवस मनाईएको बिश्वकर्माले जनाए । सरसफाई सँगै जिल्ला अस्पताल उदयपुरका विरामीहरुलाई फलफुल वितरण समेत गरिएको छ ।
