
पूर्णपुष्टि, भदौ ११
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–११ की ३२ वर्षीया महिलाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ९ पुगेको छ ।
त्यस्तै गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तनहुँका ९, बाग्लुङका ८, लम्जुङका ४, नवलपरासीका ३ र पर्वतका एक गरी २५ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या एक हजार ९ सय ७७ पुगेको छ ।
