
पूर्णपुष्टि, भदौ ११
रोल्पाको परिवर्तनमा एक जनाको हत्या भएको छ । परिवर्तन गाउँपालिका–६ बागमाराका ४० वर्षीय मनबहादुर बादीको हत्या भएको प्रहरीले जनाएको छ ।
हत्याको आरोपमा स्थानीय ४४ वर्षीय रामचरण बादीलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
उनले चिर्पट दाउराले हानेर मन बहादुरको हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ ।
