Monday, June 29News That Matters

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

पूर्णपुष्टि, असार ५ गते ।

गण्डकी प्रदेशमा थप २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बाग्लुङ, कास्की, स्याङजा र नवलपरासी सुस्ता पूर्वका गरी २४ जना संक्रमित थपिएका हुन् ।

बाग्लुङमा २ महिलासहित १४ जना, कास्कीमा २ महिलासहित ६ जना, स्याङ्जा र नवलपरासी सुस्ता पूर्वका २/२ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकीमा संक्रमितको संख्या ३ सय ४८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म ३४ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।