Monday, June 29News That Matters

नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो

पूर्णपुष्टि, असार ५ गते । 

भिषण वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड गतरातीदेखि दुई तर्फि खुलेको छ । पहिरोले अवरुद्ध सडक विहिबार एकतर्फि खुलाईएको थियो । तर गाडीको भने जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

मनसुनको सुरुवातीसँगै मुग्लिन नारायणगढ सडकमा फेरि सास्ती सुरु भएको छ । पहिरोले सडक अस्तव्यस्त बन्न पुगेको हो । बुधबार खसेको पहिरोले अस्तव्यस्त भएको सडक हिजो दिनभर एकतर्फी मात्रै सञ्चालन भएको थियो ।

सडकखण्ड फराकिलो भए पनि कालीखोला पुल, जलबिरेको घुम्ती, टोपे खोलालगायत अन्य विभिन्न क्षेत्रका पुल र घुम्तीमा मुस्किलले दोहोरो गाडी चल्ने गरेका छन् ।

ठूला ट्रक तथा ग्यास ट्याङ्कर आएको बेलामा दुई गाडी पास हुनसमेत समस्या पर्ने गरेको छ । सार्वजनिक गाडी नचल्दासमेत जाममा ट्रक र निजी गाडी फस्ने गरेका छन् ।