Friday, June 26News That Matters

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार १ गते । 

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तनहुँको घिरिङ गाँउपालिकाका ५ जना र नवलपरासी सुस्ता पूर्वको बौदिकाली गाँउपालिकाका एक पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरुलाई तनहुँकै जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा राख्ने तयारी भएको जनाईएको छ ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय ५ पुगेको छ । संक्रमित मध्ये २० जना निको भएर घर फर्किएका छन्  भने एक जनाको मृत्यु भएको छ ।