
पूर्णपुष्टि, असार १ गते ।
आज विहानदेखि मोटरसाइकलमा २ जना यात्रा गर्न पाउने र जोर बिजोर प्रणाली लागू भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाए पनि फेरि मोटरसाइकलमा एक जना मात्रै यात्रा गर्न पाउने जनाएको छ ।
सोमबार बिहान यात्रु सहजताका लागि २ जना यात्रु ओहोरदोहोर गर्न दिने बताएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले फेरि यसमा अलमल भएको भन्दै मोटरसाइकलमा एकन जना मात्रै यात्रा गर्न मिल्ने स्पष्ट जनाएको हो ।
अहिलेसम्म मोटरसाइकललाई पनि जोर बिजोरमा चलाउने र एक जना मात्रै चढ्ने व्यवस्था नै कार्यान्वयन गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा २ जना यात्रा गर्न नपाउने नियमको अहिले व्यापक विरोध भइरहेको छ । गएको गत शुक्रबार ४ पाङग्रे निजी गाडीलाई जोर बिजोर प्रणालीमा चलाउने निर्णय भएको थियो भने सोमबारदेखि २ पाङग्रेमा यो नियम लागू भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
