
पूर्णपुष्टि, माघ १५
पछिल्लो समय नेपालमा भ्रष्टचारको संख्या थप हुँदै गएको ट्रान्सपरेन्सी इन्टरनेशनलको एक प्रतिवेदनले देखाएको छ ।
ट्रान्सपरेन्सीको गत वर्षको सर्वेक्षणमा नेपाल भ्रष्टाचारको ११३ औं स्थानमा थियो भने यो वर्ष बढेर ११७ औं स्थानमा पुगेको हो । अर्थात गतवर्ष भन्दा ४ अंकले नेपालमा भ्रष्टाचार बढेको तथ्यांकले देखाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले यसवर्ष १८० देशमा गरेको (भ्रष्टाचार अवधारणा सूचकांक) सर्वेक्षणमा नेपाल भ्रष्टाचार हुने देशको ११७ औं नम्बरमा परेको हो ।
यस सम्बनिध ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा भ्रष्टचारको संख्या बढेको देखाइएको छ ।

बिहिबार आयोजित एक पत्रकार सम्मेलनमा सबै भन्दा कम भ्रष्टचार भएको २ ओटा देश प्रदिवेदनमा उल्लेख गरेको छ । डेनमार्क र न्युजील्याण्ड सवैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको ट्रान्सपरेन्सी इन्टरनेशनलल जनाएको छ । यता सबै भन्दा बढी भ्रष्टचार हुने देशहरुमा सुडान र मलेसिया उल्लेख भएको छ ।
सर्वेक्षणमा कुल सय अंकमा डेनमार्क र न्युजील्याण्डले कुल सयमा ८८ अंक प्राप्त गरेका छन् । नेपालले भने ३३ अंक मात्रै पाएको छ ।
