Tuesday, April 21News That Matters

सवारी दुर्घटना १ जनाको मृत्यु

पूर्णपुष्टि, माघ १५

ईलाममा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । इलाम  नगरपालिका ९ मा बुधवार दिउँसो भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको हो । ईलामबाट झापा तर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिंदा माईजोगमाई गाँउपालिका ३ की २८ बर्षीया सन्जु आचार्यको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।