Wednesday, June 3News That Matters

गस्तीमा खटेका असईको हत्या, हबल्दार बेपत्ता

पूर्णपुष्टि, कात्तिक २

कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ भने हबल्दार बेपत्ता छन् ।
जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
असईको शव मोहना नदीमा फेला परेको प्रहरीले जनाएको छ । उनी बर्दिमै रहेकाले ड्युटीमा रहेको पुष्टि हुने प्रहरी अधिकारीहरु बताउँछन् ।

कसैले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।