Wednesday, June 17News That Matters

गाँजा बोकेको पिकअप सहित २ जना पक्राउ

पूर्णपुष्टि, फागुन १ गते । सुनसरीको देवानगंज गाउँपालिका–६ स्थितबाट लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक धरान–१६ सुनसरीका २७ बर्षीय पुर्ण बहादुर राई र सहचालक बिजय राई रहेका छन् ।
हिजो राती साढे १० बजे राजगंज सिनवारी–कप्तानगंज स्थित भित्री सडक खण्डमा को.१ ज १६६१ नम्वरको अम्लिसोको कुचो बोकेको पिकअप गाडीलाई चेक जाँच गर्ने क्रममा प्रहरीले कुचो भित्र लुकाई राखेको ३ सय ५० किलोग्राम (७ बोरा) गाँजा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको गस्ती टोलीले उनिहरुलाई गाँजा सहित पक्राउ गरेको हो । गाँजा बोकेको पिकअप गाडी सहित पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।