
पुर्णपुष्टि,माघ २०
मकवानपुरको नेवारपानिस्थित पुर्वपश्चिम लोकमार्गमा लागुऔषध गाँजा सहित एक अटोचालक लाई प्रहरिले पक्राउ गरेका छन् ।
विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले पर्साको सखुवा पर्सौनि गाउँपालिका –२ बस्ने ४१ बर्षिय राजेन्द्र दमाईलाई समेमबार गाँजा सहित पक्राउ गरेका हुन्
उनलाई हेटौंडा उपमहानगरपालिका –१९ बाट मंगलवार पक्राउ गरेको हो । मकवानपुर प्रहरीका अनुसार मनहरिबाट हेटौंडा तर्फ आउदै गरेको ना.२.ह.४१०९ नम्बरको अटो चेक जाँच गर्दा चालक बस्ने सिटमुनी लुकाएर ल्याउँदै गरेको ११ केजी गाँजा र नेपाली ६७ हजार नगद, भारु २ हजार ५ सय सहित दमाई पक्राउ परेको हो । पक्राउ परेका दमाईलाई थप अनुसन्धान गरिरहेका मकवानपुरका प्रहरि नायब उपरिक्षक ईन्द्रबहादुर रानाले बताउनु भएको छ ।
