
पूर्णपुष्टि, जेष्ठ २१
अन्तराष्ट्रिय नेपली समाजले माहामारीमा हाल देशभर राहत वितरणको कार्याक्रम गर्दै आईरहेको छ । अन्तराष्ट्रिय नेपाली समाजका राहत वितरण गर्ने केन्द्रिय योजना अनुरुप पोष्टीक आहाराको व्यवस्था कार्यक्रम गरिएको हो ।
यसै शिलशिलामा उदयपुरको लिम्चुङबुङमा पनि राहत प्याकेजको व्यवस्था गरिएको छ । एक नम्बर प्रदेशको राहत वितरण समाजका केन्द्रिय उपाध्यक्ष झलक बुढाथोकीको नेत्रित्वमा समाजका महिला समिति उपाध्यक्ष नजबुल खान, राष्ट्रिय समिति नेपालका सदस्यहरु रुपा राई र पारु विश्वकर्माको सक्रियतामा राहत प्याकेज उपलब्ध गराएको हो ।
लिम्चुङबुङ गाउँपालिकामा कोरोना संक्रमण तिब्ररुपमा फैलिईरहेकोले पालिकाले सञ्चालन गरेको आइसोलेसन सेन्टरमा रहेका सम्पुर्ण कोरोना संक्रमित विरामिहरुलाई डाक्टरको सल्लाहा बमोजिमको विभिन्न प्रकारका पौष्टिक आहार सामग्री हस्तान्तरण गरिएको छ
सहयोग हस्तान्तरनमा पालिकाले तोकेको लिम्चुङबुङ (काठमाडौ समन्वय समाजका संयोजक तबिन्द्र राईले संयोजन गर्नुभएको छ भने राहत सामाग्री उदयपुरको सदरमुकाम स्थित मोतिगडामा पालिकाको प्रेस सल्लाहाकार दिनेश राई मार्फत गाउँपालिकालाई हस्तान्तरण गर्न लागिएको हो।
पौष्टिक आहार सामग्री अन्तरगत १५ बोरा विरामिको लागि राम्रो गुणस्तरको चामल, १० क्रेट अण्डा, १ बोरा चना, १ बोरा मटर, १ बोरा मुगीको दाल, १ कार्टुन ताजा स्याउ, १ कार्टुन ताजा अनार र केहि थान उउभ हस्तान्तरण गरिएको हो।
अन्तराष्ट्रिय नेपाली समाजले प्रवासमा रहेका नेपालीहरुको केहि गाँस कटाएर भए पनि आफ्नो मातृभुमिको महामारीलाई परास्त गर्न यो सहयोग पठाइएको अन्तराष्ट्रिय नेपाली समाजका केन्द्रिय महाचिव अर्जुन श्री र समाजका अर्का केन्द्रिय उपाध्यक्ष इश्वर राईले बताउनु भयो। अन्तराष्ट्रिय नेपाली समाजको केन्द्रले पठाएको रकम देशभर पुग्नु पर्ने भएकोले यस वितरण केन्द्रमा मात्रै प्रयाप्त नभएकोले यसमा केहि उदयपुरे युवाहरुले पनि रकम थप गरि राहत वितरण व्यापक बनउन सहयोग गर्ने क्रम जारी छ।
